मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आचरण विपरीत काम गर्ने सात प्रहरीलाई कारबाही

आचरण विपरीत काम गर्ने सात प्रहरीलाई कारबाही


बुटवल (खस्यौली) । प्रहरी अनुशासन र आचरणविपरीत काम गर्ने सात प्रहरीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले अनुशासनको कारबाही सुरू गरेको छ । 
अरुलाई अनुशासन र आचरणको पाठ सिकाउने प्रहरी आफैँ आचरणविपरीत काम गर्न नहुने भन्दै प्रहरी युनिटभित्रै शुद्धीकरणको अभियान सुरू गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी गराए । 
आफ्नो युनिट इलाका प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत प्रहरीलाई अनुशासन र आचरणमा रहेर काम गर्न पनि उनले आग्रह गरे । प्रहरी आचरण र अनुशासनमा रहेर काम नगर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । 
बुटवलमा क्रियाशील पत्रकारसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा पत्रकारले बुटवटको शान्ति सुरक्षा, यहाँको लागुऔषध कारोबारको बढ्दो समस्या, सो कार्यालयको सूचना प्रणाली चुस्त बनाउन सुझाव दिएका थिए । रासस