मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोरखामा गाउँलेले बनाइदिए प्रहरी चौकी भवन

गोरखामा गाउँलेले बनाइदिए प्रहरी चौकी भवन


गोरखा । गोरखाको एघारकिलोका गाउँलेले प्रहरी चौकी भवन निर्माण गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । रु दुई लाख लगानी गरेर गाउँलेले बनाएको तीनकोठे भवन जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वसन्त रजौरेलाई आज हस्तान्तरण गरिएको हो ।
 
उक्त भवनमा एघारकिलो प्रहरी चौकीको महिला÷पुरुष थुनुवा कक्ष र आवास गृह बनाइएको छ । प्रहरीले गोरखा नगरपालिकाको ९, १० र ११ वडालाई शान्ति सुरक्षा दिन भौतिक संरचनाको अभाव झेल्दै आएको थियो ।
 
“स्थानीयसँग चन्दा उठाएर प्रहरी चौकी भवन बनाएका हौँ” भवन निर्माण समितिका अध्यक्ष रामबहादुर खड्काले भने, ‘थप भौतिक संरचना निर्माणमा पनि गाउँलेको सहयोग रहन्छ ।” भवन निर्माण गरी सहयोग गरेकामा प्रहरीले गाउँलेलाई धन्यवाद दिएका छन् । तनहुँको आँबुखैरेनीदेखि गोरखाबजार आउने मुख्य राजमार्गको छेउमा एघारकिलोबजार पर्छ । रासस