मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रूपन्देही प्रहरीद्वारा सामाजिक सञ्जालमाथि निगरानी

रूपन्देही प्रहरीद्वारा सामाजिक सञ्जालमाथि निगरानी


तिलोत्तमा (रूपन्देही) । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले केही सामाजिक सञ्जाल प्रयोगकर्ताले जारी आन्दोलनबारे गलत सूचना तथा सामाजिक सद्भाव बिथोलिने खालका विचारहरू सामाजिक सञ्जालमा उल्लेख गर्दा समाज आतङ्कित र भयवित बनेको भन्दै अनुसन्धान सुरु गरेको जनाएको छ । 
 
पछिल्लो समय खासगरी सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, ब्लगस्पोट लगायत)मा नक्कली आइडी बनाई साम्प्रदायिक सद्भाव भड्काउने र भयभित बनाउने खालका सामग्री पोस्ट भइरहेको प्रहरीले जनाएको छ । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी अनुसन्धान गरिरहेको बताउनुभयो । 
 
प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालको गतिविधि निगरानी गर्न अलग्गै युनिट तयार गरेको छ । सामाजिक सञ्जालमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पु¥याउने खालका कुनै किसिमको तस्बिरहरू सेयर, कमेन्ट तथा स्टेटस पोस्ट गरे त्यसलाई साइबर अपराधअन्तर्गत मुद्दा चलाउन सकिने व्यवस्था छ ।
 
जिल्लामा यसरी सामाजिक सद्भाव बिथोल्ने र उत्तेजित पार्ने सामग्री पोस्ट गर्ने केही सामाजिक सञ्जालको सूची तयार गरी प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ रहको छ । उक्त मुद्दा लागेमा रु एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था ऐनले गरेको छ । रासस