मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सम्झौतामा मात्रै मेरो आन्दोलन टुंगिदैन : प्राडा केसी

सम्झौतामा मात्रै मेरो आन्दोलन टुंगिदैन : प्राडा केसी


काठमाडौँ । विगत १३ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा अनशनरत वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले विगतजस्तै सम्झौतामा मात्र आफ्नो आन्दोलन नटुंगिने बताएका छन् ।

१२ औं दिन सरकारी प्रतिनिधिसँग भएको वार्ता असफल भएपछि डा। केसीले आफ्नो सहयोगीमार्फत् आफ्नो लिखित धारणा सार्वजनिक गरेका छन् ।

Advertisement
ADVERTISEMENT

केसीले भनेका छन्,‘यसपटक विगतमा झैं सम्झौतामात्र नभए सम्झौताका बुँदाहरु कार्यान्वयनको सुनिश्तितता भएपछिमात्रै आन्दोलन टुङ्गिने जानकारी गराउँछु ।’

राज्यले आफ्नो जिम्मेवारी पूरा गर्न आलटाल गरेर बहाना खोजिरहेको भन्दै उनले प्रश्न गरेका छन्९राज्ष्को जिम्मेवारी झण्डै तीन करोड नेपाललाई शिक्षित र स्वास्थ्य पार्नु हो कि निहित स्वार्थका लागि भएका नियमक निकायहरुलाई थला पारेर शिक्षा र स्वास्थ्य सेवालाई धराशायी बनाउनु हो ?’

गुणस्तरीय शिक्षा र स्वास्थ्य कायम राख्ने ठाउँमा नैतकताबाट च्यूत भएका पार्टी कार्यकर्तालाई भर्ना गर्न खोजिएको भन्दै केसीले यसले यसले गुणस्तरीय सेवा होइन, दलालीमात्र हुन पुग्ने बताएका छन् ।

शेयर गर्नुहोस:

27
Shares