मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कार्यकर्ता रिहाइको माग गर्दै अनिश्चितकालीन पूर्व बन्द

कार्यकर्ता रिहाइको माग गर्दै अनिश्चितकालीन पूर्व बन्द


पाँचथर । बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै सङ्घीय लिम्बूवान पार्टी नेपालले आजदेखि पूर्वमा अनिश्चतकालीन बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव बिहानैदेखि परेको छ ।
 
बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभालगायत जिल्लामा चल्ने लामो तथा छोटो दूरीका यातायातका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प छन् ।
 
यसैबीच, विद्यार्थीको भविष्य वर्वाद हुने भन्दै शिक्षण संस्था भने बन्द नगर्ने सो पार्टीले निकालेको विज्ञप्तिमार्फत जनाइएको छ । मोटरसाइकल, दूधको गाडी, शवबाहन, प्रेसका गाडी भने सञ्चालन हुन दिने सो पार्टीले जनाएको छ ।
 
सवारीसाधन निषेधित क्षेत्रमा झापाका पत्रकार कृष्ण हुमागाईंले मोटरसाइकल चलाएको भन्दै आक्रमणमा संलग्न पार्टीका कार्यकर्ता मिलन वेघा, भीम राई, निशा चापागाईं, प्रवीण लिम्बू र बलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । 
 
उनीहरूको बिना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको पार्र्टीका महासचिव सूर्य माखिमले जानकारी दिनुभयो । प्रस्तावित सात वटा प्रदेशमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान स्वायत्त प्रदेश राखिनुपर्ने माग गर्दै सङ्घीय लिम्बूवान पार्टी नेपाल आन्दोलित छ । रासस