मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बर्दियामा एक प्रहरी हवल्दारको हत्या गर्ने ३ जना पक्राउ

बर्दियामा एक प्रहरी हवल्दारको हत्या गर्ने ३ जना पक्राउ


बर्दिया, १८ भदौ– बर्दियामा सुरक्षाकर्मीमाथि गोलि प्रहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
आज विहान भएको झडमा गोली प्रहार गरि हत्या गर्ने प्रहरी हवल्दार देवबहादुर पाण्डेको ज्यान लिने अभियोगमा रामनरेश चौधरी, अविनाश थारु र रामहर्ष चौधरी पक्राउ परेका छन् । 
 
आन्दोलनकारीले कब्जा लैजान लागेका दुईवटा बसलाई छुटाउने क्रममा शुक्रबार बिहान मैनापोखरीमा झडप भएको थियो । झडपमा गोली लागेर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु थियो । 
 
झडपमा आन्दोलनकारीबाट गोली चलाएका थिए । बस छुटाइसकेपछि आन्दोलनकारीले हवल्दारमाथि आक्रमण गरेका थिए।
 
उता थरुहट थारुवान संयुक्त संर्घष समितिका अध्यक्ष गोविन्द थारुले सरकारले आफुहरुको आन्दोलनमा दमन गर्ने नीति लिएको बताउँदै पक्राउ गरेका आफना कार्यकर्ता बिना शर्त रिहा नगरे आफुहरु अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।