मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आन्दोलनकारीले ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

आन्दोलनकारीले ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु


नेपालगञ्ज । कोहलपुर-नेपालगञ्ज सडकखण्डको पिप्रहवामा आन्दोलनकारीले ढुंगा हान्दा मोटरसाइकल दुर्घटना भएको छ ।
 
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
 
कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको मे ५ प ४२५० नम्बरको मोटरसाइकल पिपराहमा आइपुग्दा आन्दोलनकारीले ढुंगा हानेका छन् । ढुंगा लागेर मोटरसाइकल दुर्घटना हुँदा चालक २२ वर्षका करण सिंहको मृत्यु भएको छ ।
 
दुर्घटनामा उनका भाइ विनोद साही घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।