मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान जारी गर्ने समारोहमा उपस्थित हुन राष्ट्रपतिलाई निमन्त्रणा

संविधान जारी गर्ने समारोहमा उपस्थित हुन राष्ट्रपतिलाई निमन्त्रणा


काठमाडौँ । नेपालको संविधान २०७२ जारी गर्ने भव्य समारोहमा उपस्थित हुन राष्ट्रपति डा रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले औपचारिक रुपमा निमन्त्रणा पत्र दिनुभएको छ । 
 
अध्यक्ष नेम्वाङले आज बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभई राष्ट्रपति डा यादवलाई लिखितरुपमा निम्तो दिनुभएको हो । संविधानसभाले असोज ३ गते आइतबार साँझ ५ बजे संविधान जारी गर्ने समय तय गरेको छ । यसका लागि संविधानसभा सचिवालयले भव्य र आकर्षण समारोहको तयारी गर्र्र्दैछ । 
 
निम्तो दिएपछि अध्यक्ष नेम्वाङले सञ्चारकर्मीलाई भन्नुभयो, “असोज ३ गते आइतबार ५ बजे संविधान जारी गर्ने समारोहमा उपस्थित हुनका लागि मैले राष्ट्रपति डा यादवलाई औपचारिक रुपमा लिखित निम्तो दिएँ ।”
 
उहाँले संविधानसभाले संविधानको धारा पारित गर्नेक्रम जारी रहेको र भदौ मसान्तभित्रमा यो क्रम पूरा हुने जानकारी दिनुभयो । 
 
जवाफमा राष्ट्रपति डा यादवले संविधान जारी हुने भव्य समारोहमा आफू उपस्थित हुनका लागि चाँडै खबर गर्ने जानकारी दिनुभएको अध्यक्ष नेम्वाङले बताउनुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा अध्यक्ष नेम्वाङले भन्नुभयो, “मलाई पूर्ण विश्वास छ राष्ट्रपति सो समारोहमा उपस्थित हुनुहुनेछ ।”
 
अहिले राष्ट्रपति डा यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले शीतल निवासमा भेटवार्ता गरिरहनुभएको छ । रासस