मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ज्योतिषी भन्छन्- असोज ३ गते बेलुका अशुभ छ

ज्योतिषी भन्छन्- असोज ३ गते बेलुका अशुभ छ


२९ भदौ, काठमाडौ । नयाँ संविधान असोज ३ गते बेलुका ५ बजे घोषणा हुने सुनेपछि नेपालका ज्योतिषीहरु उक्त दिन शुभ छ कि अशुभ भनेर आर्जे हेर्नतिर लागेका छन् । कतिपय ज्योतिषीका अनुसार संविधान जारी हुने दिन शुभ छैन ।
 
ज्योतिष पण्डित घनानन्द शर्मा घिमिरेका अनुसार अहिले नेपाल भन्ने देशको राशी बृश्चिक हो । शास्त्रीय कुरालाई मान्ने हो भने बृश्चिक राशीलाई यतिबेला साढे सातको दशा छ । मुलुकलाई साढे सातको दशा लागेका बेला सिंगै मुलुक अशान्त हुन्छ । सबैतिर हाहाकार कोलाहाल मात्रै हुन्छ । 
 
राम्रै काम गर्न खोज्दा पनि नराम्रो परिणाम आउँछ । अहिले लगभग त्यस्तै स्थिति छ ।
 
घिमिरेका अनुसार ३ गते दिउँसो ४ बजेसम्म शुभ छ । यदि साढे ४ बजे भन्दा अगाडि नै संविधान जारी गर्ने हो भने देशका लागि राम्रो हुन्छ । घिमिरे भन्छन्- ‘शुभ समयमा गरेको कामको परिणाम पनि शुभ नै हुन्छ ।’
 
तर, संविधान जारी हुने समय बेलुका ५ बजेलाई छुट्याइएको छ । घिमिरेका अनुसार ५ बजे ‘रोग योग’ परेको छ । रोग योगमा गरेको कुनै पनि कामले राम्रो परिणाम दिँदैन ।
 
‘यस्तो समयमा नयाँ काम नगर्नु नै राम्रो मानिन्छ’ घिमिरे भन्छन्- ‘अर्को कुरा पाँच बजे कुम्भ लग्न र शनिश्चर योग परेको छ, यस्तो बेलामा प्रायः अशान्ति हुन सक्छ ।’