मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

असोज ३ गते विप्लव माओवादीको नेपाल बन्द

असोज ३ गते विप्लव माओवादीको नेपाल बन्द


नेकपा माओवादी विप्लव समुहले असोज तीन गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । तीन दलले जबरजस्त रुपमा जनविरोधी संविधान जारी गर्न लागेको आरोप लगाउँदै विप्लव माओवादीले असोज ३ गते नेपाल बन्दको आयोजना गरेको विज्ञप्तीमार्फत जनाएको छ ।
 
यसै दिन संविधानसभामार्फत संविधान घोषणा गरिने कार्यतालिका संविधानसभाले सार्वजनिक गरिसकेको छ । विप्लव माओवादीले जारी गरेको प्रेश विज्ञप्ति जस्ताको तस्तै :
 
                                                                                     प्रेश विज्ञप्ति
 
तीन दल र सरकारको तर्फबाट असोज ३ गते जारी गर्ने भनिएको संविधान प्रति पार्टीको दृष्टिकोण र कार्यक्रम सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको  छ ।
 
१) कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले सामन्यतः ००७ साल यता गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान नेपाली जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जन आन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं शहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ ।
 
२) नेपालको विधमान सामन्ती, एकात्मक र केन्द्रीकृत राज्यसत्ता र शासन व्यवस्थाको परिवर्तन गरी वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीक एवं सामाजिक सांस्कृति विभेदको अन्त गर्ने र प्रतिस्प्रधात्मक वहुदलीय शासन व्यवस्थाको स्थापना जननिर्वाचित संविधानसभाबाट जनसंविधानद्वारा राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति एवं सम्झौंता र ०६३ साल यता तय गरिएको शान्ति प्रकृया, माओवादी एवं संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्ण रुपले निस्तेज पारेको छ ।
 
३) देशमा राष्ट्रघात, दलाल तत्वहरुको संविधान, प्रतिक्रान्ति, प्रतिगमन र मुठ्ठीभर दलालहरुको निरंकुश फाँसिवाद नेपाली जनता माथि लादिने भएको छ ।
 
४) यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न उल्लेख्य सहभागीताका लागि राष्ट्रिय स्वाधिनता र जनताको गणतन्त्रका पक्षधर आम नेपाली जनसमुदायमा हाम्रो पार्टी हार्दिक आहृवान गर्दछ ।
धन्यवाद ।
 
……..
प्रकाण्ड
प्रवक्ता
२९ भाद्र ०७२