मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बबन सिंहको अभिव्यक्तिप्रति महासङ्घद्वारा भत्र्सना

बबन सिंहको अभिव्यक्तिप्रति महासङ्घद्वारा भत्र्सना


रौतहट । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै यहाँका तीनजना पत्रकारविरुद्ध पूर्वसभासद् बबन सिंहले दिएको अभिव्यक्तिप्रति घोर भत्र्सना गरेको छ ।
 
मधेस आन्दोलनका क्रममा पत्रकार आन्दोलनको परवाह नगरी निर्वाध रुपमा निष्पक्ष एवम् वस्तुनिष्ठ समाचार सम्प्रेषण गरिरहँदा पनि पूर्वसभासद् सिंहले स्थानीय कोहिनुर एफएमबाट नागरिक दैनिकका संवाददाता मदन ठाकुर, एभिन्यूज टेलिभिजनका संवाददाता गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका संवाददाता शिव पुरीको विषयमा दिएको तथानाम अभिव्यक्तिप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको महासङ्घका जिल्ला अध्यक्ष शैलेन्द्रप्रसाद गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
 
एफएम रेडियोबाट पूर्वसभासद् सिंहले दिएको तथानाम अभिव्यक्ति तथा ज्यान मार्ने धम्की दिएर स्वतन्त्र प्रेसमाथि खलल पु¥याएकोप्रति महासङ्घले निन्दा गर्दै अविलम्ब गल्ती महसुस नगरिए आन्दोलनको समाचार बहिष्कार गरी सङ्घर्षमा उत्रिने चेतावनीसमेत दिएको छ । 
 
महासङ्घले स्थानीय कोहिनुर एफएमसँग सभासद् बबन सिंहले दिएको अभिव्यक्तिको रेकर्डसमेत माग गरेको छ । रासस