मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लगातार बत्तीस दिनदेखि महोत्तरीको जनजीवन ठप्प

लगातार बत्तीस दिनदेखि महोत्तरीको जनजीवन ठप्प


गौशाला । प्रादेशिक सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अनिश्चितकालीन मधेस बन्दका कारण आज ३२ दिनदेखि महोत्तरीको जनजीवन ठप्प रहेको छ । 
मोर्चाले जारी राखेको लगातारको बन्दका कारण महोत्तरीको जनजीवन पूर्णरुपमा ठप्प भई अत्यन्त कष्टकर भएको छ ।
 
जिल्लाका विभिन्न हाटबजार, कलकारखाना, उद्योग व्यापार, सङ्घसंस्था, स्कुल कलेज, बैंक तथा वित्तीय संस्था पूर्णरुपमा बन्द रहेका छन् ।
 
यसका कारण सर्वसाधारणलाई दैनिक उपभोगका वस्तुसहित अन्य आवश्यक कामकाज र विद्यार्थीको पठनपाठनलगायत सबै कुरा ठप्प रहेको छ र जिल्लावासीको जनजीवन कष्टकर बनेको छ । 
 
त्यस्तै, जिल्लामा विगत एक महिना भन्दा बढी समयदेखि लगातार यातायातका साधन नचल्दा दैनिक उपभोग्य सामग्री तथा आवश्यक खाद्यान्न वस्तुको अभाव हुनुका साथै डिजेल र पेट्रोलको समेत अभाव भएको छ भने यी विभिन्न वस्तुमा कालोबजारी र महँगी अकासिएको छ । 
 
यता जिल्लामा गत बुधबार र शुक्रबार गरी छजना प्रदर्शनकारी र सर्वसाधारणलाई प्रहरीको गोली लागी मृत्यु भएपछि विगत सात दिनदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ भने विगत तीन दिनदेखि बिहान बेलुका दुईदेखि तीन घन्टा निषेधाज्ञा हटाइने गरेको छ । रासस