मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आजदेखि जनताको संविधान

आजदेखि जनताको संविधान


काठमाडौँ । नेपालको संविधान–२०७२ भव्य समारोहबीच आज अपरान्ह ५ बजे घोषणा गरिँदै छ । संविधानसभा भवन नयाँ बानेश्वरमा अपराह्न ५ बजे विशेष समारोहकाबीच राष्ट्रपति डा रामवरण यादवले संविधान घोषणा गर्नेछन् ।
 
संविधान घोषणा समारोहमा सहभागी हुन विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छ । विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका अधिकारी, पूर्वसभासद्लगायतलाई घोषणासभामा सहभागी हुन आमन्त्रण गरिएको संविधानसभा सचिवालयले जनाएको छ ।
 
समारोहलाई राष्ट्रपति डा रामवरण यादवले सम्बोधन गर्ने कार्यक्रम छ । घोषणा सभालाई ख्याल गरी काठमाडौंको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । संविधानसभा परिसरमा सेना, सशस्त्र र प्रहरीको विशेष सुरक्षा रहेको छ । घोषणा स्थल संविधानसभा भवन परिसरलाई विशेष ढंगले सजाइएको छ ।
 
यसैबीच, संविधानमा हस्ताक्षर गर्न छुटेका सभासदहरुलाई दिउँसो ४ बजेसम्म दस्तखत गर्न समय दिइएको छ । असन्तुष्ट दलका सभासदहरुलाई संविधान घोषणा हुनु एक घण्टा अघिसम्म हस्ताक्षर गर्न समय दिइएको छ ।