मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भव्य समारोहमा सहभागी हुन सरकारको आह्वान

भव्य समारोहमा सहभागी हुन सरकारको आह्वान


काठमाडौँ । संविधानसभाले पारित गरेको नेपालको संविधान २०७२ यही असोज ३ गते जारी हुने खुसियालीमा असोज ४ गते दिउँसो १ बजे काठमाडौँ टुडिखेलस्थित सैनिक मञ्चमा आयोजना हुने भव्य समारोहमा उपस्थित हुन सरकारले सबैसँग अनुरोध गरेको छ ।

सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी समारोहमा सभासद्, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संगठनहरु, पत्रकारसहित समस्त सञ्चारकर्मी, निजामती कर्मचारी, सुरक्षा निकाय, सार्वजनिक संस्थान, समिति, प्रतिष्ठानका कर्मचारी, प्राध्यापक, शिक्षक, डाक्टर तथा स्वास्थ्यकर्मीहरु, उद्योगी, व्यापारी, निजी क्षेत्र, विभिन्न पेसा व्यवसायमा आबद्ध पेसाकर्मी एवम् सम्पूर्ण देशवासीलाई आ–आफ्ना भेषभूषा र पोसाकमा उक्त समारोहमा सहभागी हुन आह्वान गरेको छ ।

Advertisement
ADVERTISEMENT

त्यसैगरी सरकारले असोज ३ र ४ गते आ–आफ्नो घर तथा कार्यालयमा दीपावली गरी जारी संविधानको खुसियाली मनाउनसमेत आह्वान गरेको छ ।

साथै, राष्ट्रसेवक र सम्पूर्ण कर्मचारीहरुलाई तोकिएको पोसाकमा अनिवार्य उपस्थित भई उक्त समारोहमा सहभागी हुन समेत मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामचन्द्र ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनुरोध गरिएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares