मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तातोपानी नाका दुई दिनभित्र खुल्ने

तातोपानी नाका दुई दिनभित्र खुल्ने


काठमाडौं । नेपालमा आएको विनाशकारी भुकम्पपछि बन्द रहेको तातोपानी नाका दुई दिनभित्र सुचारु हुने सडक डिभिजन कार्यालय दोलखाले जनाएको छ । 

 
जुरेको पहिरो र गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको तातोपानी नाका २ दिनभित्र खुल्ने भएपछि भारतले गरेको नाकाबन्दीबाट सास्ती भोगेका नेपालीले राहत पाउँने छन् ।
 
काठमाडौबाट करिब १ सय १३ किलोमिटरको दूरीमा रहेको तातोपानी नाकाको ३७ किलोमिटर सडक विनाशकारी भूकम्प र त्यसपछिको पहिरोले क्षतिग्रस्त बनाएकोमा अहिले एकतर्फी यातायात सन्चालन हुन सक्ने अवस्थामा पुगेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।