मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय दूतावासमा राष्ट्रिय जनमोर्चाले बुझायो विरोधपत्र

भारतीय दूतावासमा राष्ट्रिय जनमोर्चाले बुझायो विरोधपत्र


काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट दैनिक अत्यावश्यक वस्तु आयातलाई समेत रोक्ने उद्देश्यले सीमा नाकामा अघोषित नाकाबन्दी गरिएको जनाउँदै त्यसको विरोधमा भारतीय दूतावासमा विरोधपत्र बुझाएको छ । 
 
पार्टीका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तेस्रो मुलुकबाट खरिद गरिएका सामग्री भारत हुँदै नेपाल भित्रिनुपर्नेमा नाकाबन्दीका कारण सीमा क्षेत्रमा रोकिएको हुँदा तुरुन्तै नाका सञ्चालन गर्ने व्यवस्थाका लागि माग गरेको थियो ।
 
भूपरिवेष्टित मुलुक भएका नाताले पाउने पारवहनसम्बन्धी सुविधालाई रोक्नु भनेको अन्तर्राष्ट्रिय मान्यता र कानुनविपरीतको कार्य भएको बताउँदै सो पार्टीले तराईमा भएको आन्दोलनलाई देखाएर छिमेकी मुलुकलाई अप्ठ्यारो पार्ने ढङ्गबाट नाका अवरोध पु¥याउने काम शोभनीय नभएको जनाएको छ ।