मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वैद्य माओवादीद्वारा नाकाबन्दीविरुद्ध प्रदर्शन

वैद्य माओवादीद्वारा नाकाबन्दीविरुद्ध प्रदर्शन


चितवन । भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि चितवनमा केहीदिन यता निरन्तर विरोध प्रदर्शन भईरहेका छन् ।
 
यसैक्रममा मंगलार पनि विरोध प्रदर्शनले निरन्तरता पायो । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० चितवनले विरोध प्रदर्शन गरेको छ । 
 
भरतपुरको चौबिसकोठीमा भारतविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । यस्तै नेपालको राष्ट्रिय झन्डा प्रदर्शन समेत गरिएको थियो । विरोध प्रदर्शनमा जिल्ला अध्यक्ष प्रकाश कँडेलले सम्बोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालनसचिव अमित सापकोटा अबिरलले  गरेका थिए ।