मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणी नदी प्रदुषणले जलचर संकटमा

नारायणी नदी प्रदुषणले जलचर संकटमा


चितवन, १७ मंसिर । नेपालको नदीहरुमा बढ्दो प्रदुषणका कारण जलचर प्राणीहरु संकटमा पर्दै गएको अमेरिकी अध्ययनकर्ताले बताएका छन् ।
 
विगत ३० वर्षदेखि नेपालको नारायणी तथा अन्य नदीमा रहेका जलचर प्राणीहरुको बारेमा अध्ययन गर्दै आएका अमेरिकी अध्ययनकर्ता डेभिड आर एड्सले प्रदुषणका कारण नारायणी नदीमा माछाका प्रजातिहरुलाई असर परेको बताएका हुन् ।
 
वबबिअजबचइम्पोरियम स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक डेभिडले गैंडाकोटको भृकुटी कागज कारखाना स्थापना हुनुपूर्व र त्यस पछिको नारायणी नदीको अवस्थाका बारेमा अध्ययन गर्दै आएका छन् । भृकुटी कागज कारखाना स्थापना हुनुअगाडि नारायणी नदीको गैंडाकोट क्षेत्रमा विभिन्न १२ प्रजातिका माछा पाएको तर भृकुटी सञ्चालनमा आएर त्यहाँको फोहोर नदीमा मिसाएपछि माछाको अस्त्वि संकटमा परेको डेभिडले बताएका छन् ।
 
सन् १९९७ मा भृकुटी कागज कारखानाको प्रदुषणका कारण त्यस क्षेत्रमा चार प्रजातिका मात्र माछा भेटाएको डेभिडले जानकारी दिए । पहिले नदीमा हिलो थोरै भए पनि अहिले हिलो धेरै हुनुका साथै नदीमा प्रदुषणसमेत धेरै भएको डेभिडले बताएका छन् ।
 
हिलोका कारणले माछाहरुले फूल पार्न नसक्ने र माछाको जनसंख्या पनि घट्दै गएको डेभिडले बताएका छन् । नर्थ क्यारोलाइना विश्वविद्यालय आस्भिलका अर्का अमेरिकी अध्ययनकर्ता डेभिड जिल्लेटले नारायणी नदीमा पहिले पाइने सहर, गोंच जस्ता ठूला माछाहरुको अस्तित्व अहिले हराउँदै गएको बताएका छन् ।
 
ठूला माछाहरु खेल्नको लागि धेरै पानी चाहिने भए पनि भारत सिमानामा बाँध बाँधिएको कारण ठूला माछाहरु खेल्न नपाउँदै तिनीहरुको अस्तित्व हराउँदै गएको जिल्लेटले बताएका छन् । नारायणी नदीमा रहु, नैनी, माङ्गुरलगायतका माछाहरुसमेत लोपोन्मुख अवस्थामा पुगेको अध्ययनका क्रममा भेटिएको जिल्लेटले बताएका छन् । सबै जना मिलेर नदी सफा गरेको अवस्थामा फेरि माछाहरुको अस्तित्व जोगाइ राख्न मद्दत पुग्ने जिल्लेटले बताएका छन् ।
 
विश्वविद्यालय र नेशनल जियोग्राफी च्यानलले नारायणी नदीमा माछाको अवस्था अध्ययनको लागि आर्थिक सहयोग गरेको उनीहरुले जनाएका छन् । माछा तथा किरा फट्यांग्राको अस्तित्व जोगाएर राख्नको लागि नदीमा फोहोर फाल्न नहुने तथा नदीलाई निरन्तर रुपमा सफा गर्नुेपर्ने अध्ययनकर्ताले बताएका छन् ।
 
अध्ययनकर्ताहरुले विगत ३० वर्षदेखि नारायणी नदीको उद्गमस्थल मुक्तिनाथदेखि त्रिवेणीधामसम्म विभिन्न स्थानमा अध्ययन गर्दै आएको बताएका छन् । उनीहरुले नमुना सर्वेक्षणको लागि एक स्थानबाट १२ वटा नमुना लिने बताए ।