बर्दिवास, १७ मङ्सिर । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले मुलुकको असहज परिस्थितिको सामना गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने बताउनु भएको छ ।
महोत्तरीको बर्दिवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष वैद्यले तराई मधेसका जायज माग पूरा गर्न र भारतको नाकाबन्दीविरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो ।
मधेस आन्दोलनको निहुँमा भारतले नेपालको निर्वाध पारवहन अधिकार कुण्ठित गरेको उहाँको भनाइ थियो । अध्यक्ष वैद्यले प्रदेश सीमाङ्कन हेरफेर गर्न र समानुपातिक तथा समावेशी अधिकारको सुनिश्चतता गर्न सरकार र मुख्य दलहरुको पहलकदमी आवश्यक रहेको धारणा राख्नु भयो ।
उहाँले अहिले सतहमा देखिएका समस्या वार्ताबाट समाधान हुन सक्ने भएकाले यसको समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । रासस
प्रतिक्रिया