मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सामूहिक बलात्कारका अभियुक्त पक्राउ

सामूहिक बलात्कारका अभियुक्त पक्राउ


काठमाडौँ, १७ मङ्सिर । छ वर्षअघि ललितपुरमा तीन वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरी सार्वजनिक गरेको छ  । 
 
केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जको टोलीले घटनामा संलग्न ललितपुर उपमहानगरपालिका–९ च्यासलका २२ वर्षीय सौगात व्यञ्जनकारलाई सार्वजनिक गरेको हो । 
 
अनुसन्धानबाट सो घटनामा संलग्नमध्ये सन्दीप व्यञ्जनकारको एक वर्ष पहिले नै मृत्यु भएको खुल्न आएको छ । पक्राउ गरिएका सौगातमाथि ललितपुर जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।  विसं २०६६ भदौ ८ गते भक्तपुर नगरपालिकाकी बालिकालाई बलात्कार गरी हत्या गरिएको अनुसन्धान ब्युरोको भनाइ छ । रासस