मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साइबर अपराधमा ९० प्रतिशत महिला पीडित

साइबर अपराधमा ९० प्रतिशत महिला पीडित


काठमाडौँ, १७ मङ्सिर । समग्र साइबर अपराधमा ९० प्रतिशत महिला पीडित हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत मिडिया एड्भोकेसी ग्रुप(म्याग) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले आव २०७१÷७२ मा महिलासम्बन्धी हिंसामा वृद्धि भएको बताउँदै एक हजारको सङ्ख्यामा घरेलु हिंसाका घटना दर्ता भएको जानकारी दिनुभयो । काठमाडौँमा यस्ता घटना बढी दर्ता हुने गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

लैङ्गिक हिंसाका घटना दर्ता गर्न जाँदा पीडितमाथि प्रहरीको राम्रो व्यवहार नहुने गरेको गुनासोप्रति उहाँले भन्नुभयो– “लैङ्गिक हिंसाविरुद्धका घटनामा काम नगर्ने प्रहरीलाई कारबाही गर्नेछौँ ।”

घरेलु हिंसाका घटनामा ९० प्रतिशत पीडित मिलापत्र गराइदिनुप¥यो भन्दै अनुरोध गर्ने बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद गौतमले भन्नुभयो– “घरेलु हिंसाका अधिकांश घटना मिलापत्रमा टुङ्गिने गरेकाले पीडकलाई कारबाही हुँदैन ।”

म्यागका अध्यक्ष बबिता बस्नेतले कार्यपत्र प्रस्तुत गर्दै महिलाका सम्बन्धमा भएका राष्ट्रिय, अन्तर्राष्ट्रिय महासन्धि, कानुनी व्यवस्थाबारेमा उल्लेख गर्नुभयो ।

कार्यक्रममा सांसदहरु वैजनाथ चौधरी, आशा कोइराला, कमला विश्वकर्मा, लीला मगर, अनिता देवकोटा, रामहरि खतिवडालगायतले महिला हिंसासम्बन्धी भएका कानुनको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस