मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पपीडित माइती गाउँलाई सहयोग

भूकम्पपीडित माइती गाउँलाई सहयोग


दोलखा, १७ मङ्सिर । विवाह गरेर ललितपुर गएकी दोलखाकी एक महिलाले जिल्लाका भूकम्प पीडितलाई सहयोग गरिरहनुभएको छ ।
 
दोलखा भिमेश्वर नगरपालिका– २ माइतीघर भएकी सकुना श्रेष्ठले जिल्लाको वृद्धवृद्धा, महिला र बालबालिकाका लागि न्यानो कपडा वितरण र विद्यालयलाई पुनःनिर्माणका लागि सहयोग हस्तान्तरण गर्नुभएको हो ।
 
सकुनाले अहिले जिल्लाका एक दर्जन विद्यालयको भौतिक संरचनाको निर्माणका लागि आर्थिक सहयोग गरिरहनु भएको छ  । आज सकुनाले भीम उच्च माबि दोलखालाई रु एक लाख  र तीनसय विद्याथीलाई झोला तथा टोपी वितरण गर्नुभयो । बुधबारमात्र उहाँले चनौटे प्रावि जफेमा दुईसय विद्यार्थीलाई विद्यालय पोसाक र रु एक लाख वितरण गर्नुभएको थियो ।
 
यस्तै उहाँले बहिरा विद्यालय भीमेश्वर नगरपालिका–८ लाई रु एक लाख , राजकुलेश्वर निमावि दोलखालाई रु एक लाख, त्रिपुरासुन्दरी निमावि राम्पालाई रु एक लाख, पशुपति कन्या मन्दिर मावि चरिकोटलाई रु एक लाख, ताम्राकौशीका निमावि सुनखानीलाई रु ५० हजार, फुलपा प्रावि दोलखालाई रु ३० हजार तिखातल प्रावि दोलखालाई रु ३० हजार सहयोग गरिसक्नुभएको स्थानीय समाजसेवी भरतनारायण प्रधानले बताउनुभयो । रासस