मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धादिङको सल्यानकोटमा त्रिपुरा सुुन्दरीमाईको ठूलो मेला

धादिङको सल्यानकोटमा त्रिपुरा सुुन्दरीमाईको ठूलो मेला


धादिङ, २७ मङ्सिर । उत्तरी सल्यानकोट गाविसमा रहेको त्रिपुरासुन्दरीमाईको जात्रा आज सम्पन्न भएको छ । 
 
हरेक वर्ष मङ्सिर महिनामा उत्तम तिथि हेरेर मनाइने जात्रालाई माइस्थान जात्रा,  न्वागी जात्रा र सल्यानबेंसी जात्रा भनेर पनि चिनिन्छ  । जात्राको मिति भाइटीकाको दिन सार्वजनिक गर्ने चलन छ ।
 
सदरमुकाम धादिङबेंसीबाट ४० किमी उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ लगायतका श्रद्धालु भक्तजन आउने गर्छन् । यस वर्ष करिब ५० हजार जनाले जात्रा अवलोकन गरेको व्यवस्थापन समितिले जनाएको छ । 
 
प्राचीनकालदेखि शाहवंशीय राजाले विशेष महत्वका साथ सो स्थानमा पूजापाठ गर्ने गरेको तथ्य भेटिन्छ ।  त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक– १ स्थित सल्यानबेंसीमा गरेर दुई मन्दिर छन् ।  
 
मङ्सिर महिनामा माथि डांँडाँको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पुजारीले पिँठ्युमा बोकेर करिब तीन घन्टाको पैदल दूरीमा पुगिने सल्यानबेंसीको मन्दिरमा ल्याउँछन् । राना मगर थरका पुजारीले मात्र छुन मिल्ने सो मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् ।
 
तिमिल्सिना र सापकोटा थरका पुरोहित र राना मगर थरका पुजारीले बाहेक अरूले हेर्न र छुन नपाउने अनौठो चलन समेत यस मन्दिरमा रहिआएको छ । जात्रालाई अहिले धार्मिक आस्थाका साथ पर्यटकीय दृष्टिले पनि हेर्न थालिएको छ । 
 
साँस्कृतिक पर्यटन प्रवद्र्धनका लागि केही पहल कदमी भएको देखिए पनि आवश्यकता अनुरुप हुन नसक्दा जात्रा अझै ओझेलमै छ । रासस