मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रामग्राम स्तूपमा बौद्धभिक्षु सम्मेलन

रामग्राम स्तूपमा बौद्धभिक्षु सम्मेलन


कावासोती, २७ मङ्सिर ।  शान्तिका दूत गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राममा आगामी चैत पूर्णिमामा बौद्धभिक्षु सम्मेलन गरिने भएको छ । गौतम बुद्धको अस्तुधातु बनाइएका प्राचीन बौद्धस्थलमा रहेका भिक्षुलाई रामग्राम स्तूपमा जम्मा गरी सम्मेलन गर्ने  तयारीमा स्थानीयवासी जुटेका हुन् ।
      
शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि उनका अस्तु तत्कालीन शाक्य, कोलिय, बैशाली, मगध, बलिया, उज्जैनलगायत विभिन्न गणराज्यका राजाले लगेर आआफ्ना राज्यमा स्तूपको निर्माण गराएका थिए । रामग्राम स्तूपबाहेक अन्य स्थानको स्तूप तत्कालीन मगधका मौर्यसम्राट् अशोकले उत्खनन गराई संसारभरि बुद्धको स्तूप बनाउन लगाएका थिए ।
 
 कोलिय राजाले निर्माण गराएका रामग्राम स्तूप उनले उत्खनन गराउन खोज्दा नाग जातिले खन्न नदिएपछि अहिले यो स्तूप सिङ्गो रुपमा रहेको छ । सो स्तुपको महत्व प्रचारप्रसार गर्न र महत्व बौद्धमार्गीमा जानकारी गराउन बौद्धभिक्षु सम्मेलन गर्न लागिएको स्थानीय ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो । 
 
अस्तुधातु राखेर निर्माण गरिएका स्तूपस्थल र अन्य बुद्धसँग सम्बन्धित बोधगया, कुशीनगरलगायत स्थानका भिक्षुको सहभागिता गराइने लक्ष्य राखिएको छ । 
        
“सम्मेलनको तयारीमा स्थानीयवासी लागेका छन”, उहाँले भन्नुभयो, “विश्व बौद्ध सङ्घसँग समन्वय गरी सम्मेलनको तयारी गरिने छ ।” सम्भवतः भारत र नेपाल मात्र नभई विश्वका अन्य देशका बौद्ध भिक्षुको सहभागिता  पनि रहने उहाँको भनाइ छ । 
 
लुम्बिनी विकास कोष अन्तर्गत रामग्राम स्तूप भए पनि यस क्षेत्रप्रति कोषले बेवास्ता गर्दै आएको आरोप लगाउँदै अब रामग्रामको विकासका लागि स्थानीवासी आफँै लाग्ने उपाध्यायले बताउनुभयो  । 
 
अहिले कोलिय राज्यको राजधानी समेत पत्ता लागिसकेको हँुदा राजधानी र स्तूपको एकीकृत विकासका लागि पनि सम्मेलनबाटै तय गरिने छ ।  “कोषमा राजनीतिमा हाबी हुँदा पुरातात्विक र धार्मिक ऐतिहासिकस्थल ओझेलमा प¥यो”, उहाँले भन्नुभयो–“कहिलेसम्म कोषको आसमा स्थानीयवासी बसिरहने ? यसका लागि स्थानीय, नगरस्तरीय र  जिल्लास्तरीय भेला आयोजना गरी तयारी गरिनेछ ।” रासस