मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभापतिमा फेरि कोइराला : डा रिजाल

सभापतिमा फेरि कोइराला : डा रिजाल


चितवन, ५ माघ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले आसन्न कांग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निर्वाचित गराउने बताएका छन् । 
 
नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ६६ वर्षअघि बीपी कोइरालाले गर्नुभएको जनताको प्रतिनिधिमार्फत संविधान बनाउने सङ्कल्प सुशील कोइरालाले पूरा गरेको बताए । 
 
कतिपय काम सम्पन्न नभएका होलान् कांग्रेसलाई पहिलो ठूलो पार्टी बनाउन कोइराला सफल भएको उनकै शालीनताको कारण दोस्रो संविधान सभाले संविधान बनाउन सकेको डा रिजालले बताए । 
 
रिजालले कांग्रेसमा पदाधिकारीहरु थप गर्न नहुने बताएका छन् । ‘मेरो व्यक्तिगत धारणा सोध्नुहुन्छ भने कांग्रेसमा पदाधिकारी थप गर्नु जरुरी छैन’ पत्रकारहरुको जिज्ञासामा नेता रिजालले भने, ‘तर पार्टी निर्णय भएर पदाधिकारी थप भएमा मेरो आपत्ति हुने छैन ।’ उनले पार्टी विधान संशोधन गर्नका लागि नेता आनन्द ढुंगानाको संयोजकत्वमा गठित कार्यदलले कांग्रेसजनहरुको भावना बुझेर नै प्रतिवेदन आउने विश्वास व्यक्त गरे ।  
 
कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने दाबी गर्दै उनले अब महाधिवेशनको मिति सर्छ भनेर बस्नु उपयुक्त नहुने बताए । अघिल्लो महाधिवेशनमा नेता शेरबहादुर देउवालाई सहयोग गरेका रिजालले आसन्न निर्वाचनमा सभापति सुशील कोइराला वा उनले भनेका व्यक्तिलाई सभापतिमा सहयोग गर्ने बताए  ।