मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस नेतृत्व नाता र दातामुखी हुँदै गयो : अर्जुननरसिंह केसी

कांग्रेस नेतृत्व नाता र दातामुखी हुँदै गयो : अर्जुननरसिंह केसी


चितवन, ७ माघ । कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेस नेतृत्व नाता र दातामुखी हुँदै गएको आरोप लगाएका छन् । 
 
रिपोर्टस क्लब चितवनले गरेको पत्रकार सम्मेलनमा नेता केसीले नीतिअन्तर्गत पार्टी चल्न नसक्दा नेतृत्व नाता र दातामुखी हुन पुगेको बताए । ‘लोकतन्त्रमा आस्था राख्ने पार्टी विचारहरुको विविधताको एकतामा चल्नुपर्छ, तर कांग्रेस नातावाद र कृपावादमा चलेको छ’, उनले भने, ‘नातावाद र कृपावादले पार्टी चल्न सक्दैन । नातावाद र कृपावादका विरूद्धमा सबै जुट्न जरूरी छ ।’
 
कांग्रेसमा पदाधिकारी थप गर्नेतर्फ भइरहेको पहलकदमीको पनि उनले विरोध गरे । ‘कांग्रेसमा पदाधिकारी थप गर्नु जरूरी छैन’ उनले भने, ‘सभापतिले मनोनयन गर्ने पदाधिकारीहरु पनि निर्वाचनबाटै गर्नु उचित हुन्छ ।’ कांग्रेसको १३ औं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने दाबी गर्दै उनले भने, ‘नयाँ नेतृत्व चयनसँगै पार्टीभित्र देखिएको साठी÷चालिसको भागवण्डा अन्त हुनेछ ।’
 
फरक प्रसङ्गमा सरकारले पूर्वप्रधानमन्त्री एवम् नेपाल पत्रकार महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको नाममा गठित आमसञ्चार प्रतिष्ठानमा भट्टराईको नाम झिक्ने निर्णय गरेको भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरे । ‘कृष्णप्रसाद भट्टराईको नाम हटाएर सरकारले गलत गर्दैछ’, उनले भने, ‘सरकार पूर्वाग्रही भएर अगाडि बढ्न खोज्दै छ । हामी निन्दा गर्छौं ।’