मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस सभापतिमा उठ्ने सुजाताको घोषणा

कांग्रेस सभापतिमा उठ्ने सुजाताको घोषणा


नवलपरासी, ७ माघ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेकी छन् ।
 
जिल्ला दौडाहामा रहेकी नेतृ कोइरालाले सबै जिल्लाबाट आफूलाई सभापतिमा उठ्न कार्यकर्ताहरुले समर्थन गरेको बताउँदै नवलपरासीबाट पनि समर्थन भइरहेको दाबी गरिन् । बुधबार कावासोतीमा नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार सम्मेलनमा कोइरालाले आफूलाई सुशील कोइरालाको समर्थन रहने बताइन् ।
 
कोइरालाले भनिन्, ‘अघिल्लो पटक पनि सभापतिमा उठ्न खोजेको हुँ । तर सुशील दाईले मलाई समर्थन गर्नूस् भनेर समर्थन गरें । अहिले मलाई समर्थन गर्नूस् भनेको छु । हन्छ भन्नुभएको छ ।’
शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आफूले सजिलै पराजित गर्न सक्ने दाबी गर्दै नेतृ कोइरालाले सुशीलको समर्थन रहेमा सभापतिमा जित्ने दाबीसमेत गरिन् । नेतृ कोइरालाले पार्टीको नेतृत्व अब युवा पुस्ताले गर्नुपर्ने बताइन् ।
 
उनले अब पुरानो पुस्ताले पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न पनि आग्रह गरिन् । उनले नेपाली कांग्रेस गुट उपगुटले बिग्रन लागेको भन्दै आफ्नो नेतृत्वमा पार्टी भित्र गुट–उपगुटको अन्त्य हुने बताइन् ।