मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ठोरीमा हात्ती आतङ्क

ठोरीमा हात्ती आतङ्क


ठोरी, चितवन, ५ माघ चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले केही दिनयता पर्साको ठोरी गाविसमा आतङ्क मच्चाउँदै आएको छ । 
 
निकुञ्जबाट आएको हात्तीले ती गाविसमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीय चिन्तित भएका छन् । हात्तीको डरले उनीहरू रातभर जाग्राम बस्न थालेका छन् । 
 
सोमबार रातिमात्र हात्तीले ठोरीमा छ वटा घर भत्काइदिएको छ । ठोरी–१ का गोपाल खनियाँ र लालकाजी गुरूङको घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखिएको धानसमेत खाएर नष्ट गरेको छ भने ठोरी–३ का बलराम शर्मा र जीतबहादुर विकको घर तथा भन्सारघरसमेत भत्काएर क्षति पु¥याएको पीडितले बताएका छन् । 
 
हात्तीले गाउँमा पसेर सर्वसाधारणको घर भत्काउन र अन्नपात खान थालेपछि अहिले ठोरीको जनजीवन त्रसित बनेको चितवन राष्ट्रिय निकुञ्ज निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद खनालले बताए । 
 
हात्तीलाई नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरालाई टोली पठाउन आग्रह गरिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ । गत मङ्गलबार ठोरीमा हात्तीले ७० वर्षीय एक वृद्धको ज्यानसमेत लिएको थियो ।