मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस निर्वाचन : खुल्लातर्फ २७५० र प्रदेशतर्फ १४०० मतगणना

काँग्रेस निर्वाचन : खुल्लातर्फ २७५० र प्रदेशतर्फ १४०० मतगणना


काठमाडौ । नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुल्ला केन्द्रीय सदस्यको दुई हजार ७५० र प्रदेश केन्द्रीय सदस्यतर्फ एक हजार ४०० मतगणना सम्पन्न भएको छ ।
 
आइतबार साँझसम्म सम्पन्न उक्त मतगणनाअनुसार खुल्ला २५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनुभएकामध्ये डा शेखर कोइराला १६१५, खुमबहादुर खड्का १६०८, प्रकाशमान सिंह १५७५, प्रदीप पौडेल १५०६, कुलबहादुर गुरुङ १५४७, प्रदीप गिरी १५०२, धनराज गुरुङ १४८९, बालकृष्ण खाँण १४८०, रमेश लेखक १४७९, पूर्णबहादुर खड्का १४७७, महेश आचार्य १४६५, वलबहादुर केसी १४६३, विमलेन्द्र निधि १४५४, डा रामशरण महत १४२५ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
 
त्यस्तै, सुजाता कोइराला १४१६, विश्वप्रकाश शर्मा १४१३, शङ्कर भण्डारी १३५४, एनपी साउद १३४३, बद्री पाण्डे १३१९, गोपालमान श्रेष्ठ १३०८, ज्ञानेन्द्रबहादुर कार्की १३००, डा प्रकाशशरण महत १२९२, डा नारायण खड्का १२७९, चन्द्र भण्डारी १२९५, डा मीनेन्द्र रिजाल १२६१ मतसहित अग्रस्थानमा रहनुभएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । 
 
बाँकी रहेको मतगणना सोमबार बिहान सुरु गरी सोमबार नै सबै मतगगणना सम्पन्न हुने उहाँले बताउनुभयो । काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुल तीन हजार १६१ मतमध्ये तीन हजार १४८ मत खसेको थियो ।
 
खुल्ला केन्द्रीय सदस्यको मतगणना ढिलाइ भएपछि आज निर्वाचन समितिले खुल्लाको पाँच स्थानमा र प्रदेशतर्फ तीन स्थानमा गणना गरिएको थियो । खुल्ला २५ सदस्यका लागि ९० र सात प्रदेशको १४ सिटका लागि ६७ जनाले उम्मेदवारी दिनुभएको थियो ।
 
शनिबारदेखि सुरु गरिएको प्रदेश केन्द्रीय सदस्यको आइतबार साँझसम्म एक हजार ४०० मतगणना सम्पन्न भएको छ जसमध्ये प्रदेश नं १ बाट गुरुराज घिमिरे ६०३ र भीष्मराज आङ्देम्बे ५३७ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ ।
 
प्रदेश नं २ बाट आनन्दप्रसाद ढुङ्गाना ६५६ र रमेश रिजाल ६३४ मतसहित अग्रस्थानमा हुनुहुन्छ । प्रदेश नं ३ बाट नवीन्द्रराज जोशी ५७३ र मोहनबहादुर बस्नेत ४७९ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ ।
 
त्यस्तै, प्रदेश नं ४ बाट गोविन्द भट्टराई ५४९ र सुरेन्द्रराज पाण्डे ५५५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने प्रदेश नं ५ बाट दीपक गिरी ६५८ र देवेन्द्रराज कँणेल ५६७ मतसहित अग्रस्थानमा रहनुभएको समितिले जनाएको छ । प्रदेश नं ६ बाट हृदयराम थानी ७३६ र जीवनबहादुर साही ६६६ तथा प्रदेश नं ७ बाट दीलेन्द्रप्रसाद बडू ७१५ र वीरबहादुर बलायर ६२३ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
 
काँग्रेसको विधानमा प्रत्येक प्रदेशबाट दुई जनाका दरले केन्द्रीय सदस्य निर्वाचन हुने प्रावधान छ । तीन पदाधिकारी र २१ समावेशी केन्द्रीय सदस्यको मतपरिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ ।