मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जुवाडे र डलर भन्दै ठगी गर्ने पक्राउ

जुवाडे र डलर भन्दै ठगी गर्ने पक्राउ


इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित काठ मिलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छ बुक ताससहित रु ९० हजार ५०० नगदसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
इटहरी उपमहानगरपालिका–८ निवासी कैलाश लिम्बुले सञ्चालन गर्दै आएको काठ मिलमा जुवातास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 
 
पक्राउ परेका सबैलाई जुवा ऐन, २०२० अनुसार आवश्यक कानुनी कारबाही अघि बढाउनका लागि इलाका प्रहरी कार्यालय, इटहरीको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले पत्रकार सम्मेलन गरी जानकारी दिए । 
 
यसैगरी विभिन्न व्यक्तिलाई अमेरिकी डलर साटिदिन्छौँ भन्दै ठगी गर्दैै हिँडिरहेको अवस्थामा उदयपुरका दीपक मगर र रामबहादुर मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले ४१ अमेरिकी डलर र रु एक लाख ४२ हजार ५०० नगद तथा बा२९प २३७ नं को मोटरसाइकलसहित पक्राउ गरेको छ ।
 
उनीहरुले झापा गौरादह–९ बस्ने २४ वर्षीय गणेश राई र इलाम फइतप्पा–५ बस्ने २५ वर्षीय दिलीप खनालसँग एक लाख ५० हजार रुपैयाँ नक्कली अमेरिकी डलरसँग साटेर फरार हुने क्रममा पक्राउ गरिएको पनि प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । रासस