मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आजदेखि उपत्यकामा मेट्रो बस सञ्चालन

आजदेखि उपत्यकामा मेट्रो बस सञ्चालन


काठमाडौँ । काठमाडौँ उपत्यकामा यात्रीलाई सहज आवागमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले आजदेखि राजधानीमा मेट्रो बस सञ्चालनमा आउने भएको छ । 
 
बस सञ्चालन गर्ने महानगर यातायात प्रालिले आयोजना गरेको कार्यक्रममा सुविधासम्पन्न मेट्रो बसको उद्घाटन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले गर्नुभएको हो । 
 
बसको उद्घाटन गर्दै मन्त्री पाण्डेले उपत्यकामा यस्ता बसको आवश्यकता रहेको भन्दै सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । 
 
बस कहाँ आइपुग्दैछ भनेर यात्रुले बस चढ्नका लागि एप्स हेरेर बस आउने समय पत्ता लगाई बस स्टपमा जान सकिने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ । 
 
प्रालिका अनुसार आज उद्घाटन गरेको बस यात्रुले भोलिदेखि प्रयोग गर्न पाउनेछन् भने ३९ वटा बसका लागि प्रालिले रु १६ करोडको लगानी गरेको पनि जानकारी गराएको छ । उक्त सेवाकालागि ३९ वटा बसको आज उद्घाटन गरिएको हो । 
 
बसले चक्रपथको परिक्रमा गर्नेछ । बसमा यात्रुले निःशुल्क वाइफाइ प्रयोग गर्दै टेलिभिजन हेर्न पाउनेछन् । बस सञ्चालनमा आएपछि यात्रुलाई सहज हुनुका साथै साना यातायातको साधनबाट हुने ट्राफिक जाम पनि कम हुने प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो । 
 
उपाध्यक्षका अनुसार काठमाडौँ उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्नसकेमा उपत्यका बाहिर पनि उक्त बस सेवा विस्तार गर्न सकिने बताइएको छ । रासस