मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छुरा प्रहारबाट एकको मृत्यु, एक घाइते

छुरा प्रहारबाट एकको मृत्यु, एक घाइते


भक्तपुर । मध्यपुर थिमि नगरपालिका–१६ मनोहरा स्थित सुकुम्बासी बस्तीमा भएको छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
 
छुरा प्रहारबाट नुवाकोट समुन्ददेव गाविस घर भई काठमाडौँ महानगरपालिका–३५ पेप्सीकोला बस्ने वर्ष १९ को विजय लामाको मृत्युु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
 
छुरा प्रहारबाट घाइते भएका लामाको उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज पु¥याइएकामा साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । छुरा प्रहारबाट घाइते अर्का युवा अशोक दाहालको उपचार भइरहेको छ ।
 
तीन जनाको समूहमा आएर छुरा प्रहार गरी फरार भएको आशङ्कामा प्रहरीले१९ वर्षका सन्तोष लामालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ भने अर्पण राई र ‘हिरा’ भन्ने अर्का एक व्यक्ति भने फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।
 
मनोहरास्थित सुकुम्बासी बस्तीमै दुई समूहबीच झगडा भएको र झगडा कै क्रममा लोकन्थली पुगेपछि छुरा प्रहार गरी तीनजना फरार रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो । रासस