मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

असहायका लागि अक्षयकोष स्थापनार्थ कविता वाचन

असहायका लागि अक्षयकोष स्थापनार्थ कविता वाचन


चितवन । चितवनमा मानव सेवा आश्रम सञ्चालनार्थ अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित बिबिसी नेपाली सेवा प्रमुख तथा कवि रविन्द्र मिश्रद्वारा चितवनमा भएको परोपकारी कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । 
 
फागुन २९ र ३० गते दुई दिन तीन चरणमा कविता वाचन भएको थियो । सो कार्यक्रमबाट करिब रु ३५ लाख रकम सङ्कलन भएको आश्रमका संयोजक रामजी अधिकारीले जानकारी दिनुभयो ।
 
शनिबार पहिलो दिन भएको कविता वाचन कार्यक्रममा रु १७ लाख बढी रकम सङ्कलन भएको थियो बाँकी रकम दोस्रो दिन सङ्कलन भएको थियो । टिकट बिक्रीबाट मात्रै रु १३ लाख रकम सङ्कलन भएको आश्रमले जनाएको छ ।
 
आइतबार साँझ लायन्स क्लबको संयोजनमा कार्यक्रम भएको लायन्स क्लब इन्टरनेसनल ३२५ वी २ का प्रथम भाइस गभर्नर घनश्याम भट्टराईले जानकारी दिनुभयो । लायन्सको संयोजनमा भएको कार्यक्रममा रु नौ लाख सङ्कलन भएको जनाइएको छ ।
 
चितवनको नारायणी कला मन्दिरमा भएको कार्यक्रममा कवि मिश्रले ‘आमा’ शीर्षकको कविताबाट वाचन सुरु गर्नुभएको थियो । 
 
  ‘पापी’ शीर्षकको कविता र नेतालाई व्यङ्ग्य गरिएको कवितामा दर्शकले गहगडाहट तालीले स्वागत गरेका थिए । उहाँले अधिकांश परोपकारी कविता वाचन गर्नुभएको थियो ।
 
सङ्कलित रकमबाट अक्षयकोष स्थापना गरिने अभियन्ता रुपा केसीले जानकारी दिनुभयो । मागेरसमेत खान नसक्ने, अशक्त, असहाय एवम् मानसिक सन्तुलन गुमाई सडक पेटीमा बेवारिसे भई कष्टकर जीवनयापन गर्न विवश भएका व्यक्तिलाई आश्रमले उद्धार गर्दै र परिवारमा पुनःस्थापन गर्दै आएको छ । रासस