काँग्रेस काठमाडौँको अधिवेशन आगामी मङ्गलबार र बुधबार हुने काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन आगामी फागुन ४ र ५ गते हुने भएको छ । नेपाली काँग्रेस काठमाडौँका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आज बसेको बैठकले निर्वाचनको प्रक्रिया फागुन ४ गतेबाट थालिने र मतदान ५ गते गर्ने निर्णय गरेको हो । …