मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वार्ता र संवादबाटै सीमाङ्कनबारे समाधान : उपप्रधानमन्त्री थापा

वार्ता र संवादबाटै सीमाङ्कनबारे समाधान : उपप्रधानमन्त्री थापा


विराटनगर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रदेशको सीमाङ्कनबारे निक्र्योल गर्न उच्चस्तरीय राजनीतिक समिति बनाइएकाले वार्ता र संवादबाटै समाधान निकाल्न सकिने बताउनुभएको छ ।
 
विराटनगर विमानस्थलमा आज उहाँले प्राविधिक विषय उठाएर मधेसी मोर्चाले वार्तामा बस्न नचाहेको जस्तो देखिएकाले अनावश्यक माग राखेर मुलुकमा अस्थिरता कायम गर्न नहुने बताउनुभयो । 
 
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले संविधानमा उल्लेख भएअनुसार नै सरकारले मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिनुभयो । 
 
उहाँले प्रमुख राजनीतिक दलले स्थानीय निकायको निर्वाचनको विरोध गर्नु उपयुक्त नभएको बताउँदै सरकार राजनीतिक दलसँग निर्वाचनका बारे छलफलका लागि तयार रहेको जानकारी दिनुभयो ।
 
सरकार परिवर्तनको हल्लामात्र भएको भन्दै उहाँले आगामी संसद्को निर्वाचन वर्तमान सरकारले नै गराउने बताउनुभयो । रासस