भक्तपुर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार परिवर्तनका लागि संवैधानिक जटिलता रहेको बताएकी छन् । शुक्रबार साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई हटाउँदा आइपर्ने संवैधानिक जटिलताबारे अध्ययन नगरी निर्णय गर्नु गलत भएको बताइन् । नयाँ सरकार गठन गर्दा आइपर्ने संवैधानिक जटिलताको अध्ययन नै नगरी नयाँ सरकारको गठनमा हतारिनु गलत भएको उनको भनाइ थियो…