मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फुजेल हत्या काण्ड फैसला मिति पुन सर्यो

फुजेल हत्या काण्ड फैसला मिति पुन सर्यो


चितवन – बहुचर्चित फुजेल हत्या काण्डको फैसला मिति पुनः सरेको छ। मंसिर १२ गतेलाई अन्तिम फैसला हुने गरी यस अघि गत कार्तिक पहिलो साता मंसिर १२ गतेलाई फैसला मिति तय गरिएको थियो।
 
जिल्ला अदालत चितवनका प्रमुख न्यायधिस टेक नारायण कुंवर कार्यकालयको कामको शिलशिलाले वैदेशिक भमणमा रहेकाले पुस २५ गतेलाई फैसला मिति तय भएको कार्यालयका सूचना अधिकारी कृष्ण प्रसाद बरालले जानकारी दिएका छन्। यस अघि पनि न्याधिस नभएको तथा विभिन्न प्राविधकि कारणहरु देखाउंदै पटक पटक फैसला हुने मिति सार्दै आइरहेको छ।
 
सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा २०६१ साल जेठ २४ गते हत्या गरिएको थियो। कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा यस सम्बन्धमा जाहेरी दिएका थिए।
 
त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसाद अधिकारीले १३ जना विरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो। धेरै वर्षदेखि छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनकै क्रममा नन्दप्रसाद अधिकारीले ज्यान गुमाए भने गंगामाया अधिकारी अझै पनि अनशनमै छिन् ।

शेयर गर्नुहोस:

0
Shares