वीरगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर २०७३ सरिक भएका छन् ।
पतञ्जली योगपीठ नेपालद्वारा आयोजित शिविरमा मन्तव्य व्यक्त गर्दै नेता देउवाले नसालु पदार्थको कुलतमा परेका युवा पुस्तालाई सही बाटामा डो¥याउन विश्वव्यापी रुपमा अभियान सञ्चालन गर्न आवश्यक रहेकामा जोड दिए ।
उनले नसाको कुलतमा परेका युवाको परिवारले भोग्नुपरेको पीडा र त्यसकारण समाजले खेप्नुपरेका नोक्सानलाई रोक्नुपर्ने बताए ।
शिविरमा सहभागीलाई योगबारे प्रशिक्षण दिँदै योगगुरु स्वामी रामदेवले कुलतमा परेका युवालाई परिवार, समाज र राष्ट्रप्रति जिम्मवार बनाउन योग अभियान चलाइरहेको जानकारी दिए । उनले देश–विदेश जहाँ भएपछि आफू, नसामुक्त समाज, राष्ट्र र विश्व हुनुपर्ने अभियानलाई अगाडि बढाउँदै हिँडेको बताउँदै कुलतमा परेका युवालाई सही बाटोमा ल्याउन योग अभ्यास सही बाटो भएको जानकारी दिए ।
बिहान ४ः४५ बजेदेखि सुरु भएको आजको योग शिविरमा सिँचाइमन्त्री दीपक गिरी, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत उच्चपदस्थ अधिकारीको सहभागिता थियो । यही मङ्सिर ९ गतेदेखि सुरु भएको शिविर सोमबारसम्म सञ्चालन हुने छ ।







प्रतिक्रिया