काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई अत्यधिक बहुमतले पारित गर्न जोड दिएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अविश्वासको प्रस्तावलाई सफल पार्न जोड दिएका हुन् । बैठकका सुरुमा सभापति…