मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल प्रहरीको विकल्प छैन : महानिरीक्षक अर्याल

नेपाल प्रहरीको विकल्प छैन : महानिरीक्षक अर्याल


चितवन, १० मंसिर । चितवनको भरतपुरमा झण्डै १ करोड ४ लाखभन्दा बढी लगानीमा निर्माण गरिएको नागरिक सहायता कक्षको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।u-1
जिल्ला प्रहरी कार्यालयको परिसरमा नागरिकलाई सेवा दिन नागरिककै सहयोगमा निर्माण गरिएको भवनको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरेका हुन् । 
u-3
नागरिक सहायता कक्षसँगै सोही भवनमा बनाइएको चमेनागृह तथा सिसी क्यामेराको समेत प्रहरी महानिरीक्षक अर्यालले उद्घाटन गरे । भवन उद्घाटनपश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले नेपालमा प्रहरीको विकल्प नरहेको बताए । 
u-2
नेपाल प्रहरीको विकल्प कोही नभएका कारण चितवनमा नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन गरिएको प्रयास निकै सकारात्मक भएको टिप्पणी गरे । उनले नेपाल प्रहरी संगठनमा अहिलेसम्मकै सबैभन्दा ठूलो संरचना बनाउन चितवनका नागरिकले देखाएको तदारुकतालाई खुलेरै प्रशंसा गरे । 
 
उनले नागरिक र प्रहरीको हातेमालोले मात्रै अपराधमुक्त समाज निर्माण गर्न सकिने स्मरण गराउँदै नागरिकले प्रहरीलाई गरेको सहयोगलाई प्रहरीले कहिल्यै भूल्न नहुने बताए । प्रहरीको सेवा प्रभावकारी होस् भन्ने उद्देश्यले दाताहरुले प्रहरीलाई सहयोग गरेका कारण नागरिकलाई सधैँभरि स्वच्छ नागरिक सेवा दिन प्रहरीलाई निर्देशन दिए । 
upendra-kant
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले प्रहरी र नागरिकबीच उचित समन्वयका कारण संचरनाहरु निर्माण हुन सकेको बताए । १७ महिना चितवनको बसाईलाई स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी सिंहले जिल्लालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रहरीको सहयोग सधैँ उच्च भएको बताए ।
 
कार्यक्रममा भवन निर्माण समितिका संयोजक बाबुराम अधिकारीले प्रहरी परिसरमा बनेको भवन पूर्णरुपमा भूकम्प प्रतिरोधी रहेको जानकारी दिए । उनका अनुसार विभिन्न संघसंस्था वा व्यक्तिवाट २७ लाख २७ हजार ५ सय रुपैयाँ भवन निर्माणका लागि आर्थिक संकलन भएको थियो भने प्राप्त ७६ लाख ७६ हजार रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग प्राप्त भएको थियो । 
u-4
कुल १ करोड ४ लाख ४ हजार ४ सय रुपैयाँमा निर्माण गरिएको सुविधासम्पन्न २ तल्ले भवनको उद्घाटन भएको हो । यस्तै थर्ड भिजन चितवनका कोषाध्यक्ष दिनेशकुमार चुकेले २०६७ सालमा दर्ता भएर चितवनलाई प्रविधियुक्त जिल्ला बनाउने अभियानले अहिले आएर सफलता प्राप्त गरेको बताए । 
u-6
आर्थिक अभावका कारण चितवनका मुख्य नाकाहरुमा प्रयोग गरिएका सिसी क्यामेरालाई प्रयोगमा ल्याउन सकिएको थिएन । उनका अनुसार अहिले चितवनका विभिन्न २२ वटा नाकामा ३७ वटा सिसी क्यामेरा जडान गरिएको छ । ७१ लाखको लागतमा संचालनमा ल्याइएको सिसी क्यामेरालाई व्यस्थित र प्रभावकारी बनाउने प्रयास भइरहेको उनले जानकारी दिए ।  
 
कार्यक्रममा मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौंडाका प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्याय, चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरलगायतले बोलेका थिए ।