मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्ती बोकेको जिप दुर्घटना, दुईको मृत्यु, १४ घाइते

जन्ती बोकेको जिप दुर्घटना, दुईको मृत्यु, १४ घाइते


डोटी । डोटीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 
 
डोटीको कफल्लेकी गाविसबाट दुलही लिएर फर्केको जन्ती बोकेको जिप शनिबार राति डोटीकै लाटामाण्डौ गाविसको वडा नं २ र ३ को सिमानामा पर्ने झाँसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 
 
दुर्घटनामा परी मृत्यु हुनेमा लाटामाण्डौँ गाविस–२ बस्ने ३० वर्षीय बिरी ताम्राकार र जिजौडामाण्डौ गाविस– ८ बस्ने ४५ वर्षीय गौरीशङ्कर नेपालीको मृत्यु भएको जिप्रका, डोटीका प्रमुख दिल्लीराज विष्टले जानकारी दिए । 
 
लाटामाण्डौका बिरी ताम्राकारको डडेल्धुरास्थित टिम हस्पिटलमा र जिजौडामाण्डौका गौरीशङ्कर नेपालीको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको विष्टले बताए । 
 
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । गम्भीर घाइते भएका लाटामाण्डौ गाविस–२ बस्ने १२ वर्षीय सुरेश कुँवरको टाउकोमा चोट लागेकाले उपचारका निम्ति भारतको बरेली पठाइएको छ भने गम्भीर घाइते जिजौडामाण्डौ–२ बस्ने २८ वर्षीय तारा नेपालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जिप्रका, डोटीले जानकारी दिएको छ । 
 
प्रहरीका अनुसार लाटामाण्डौस्थित घरमा जन्ती पुग्ने समयमा स्थानीय बालबालिका, अन्य मानिस जिपमा बस्दा ओभर लोड भई दुर्घटना भएको हो । रासस