काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका–संसद्को विश्वास छैन भन्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)सहित अन्य दलका तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबार प्रस्तुत गरेको अविश्वासको प्रस्तावमा छलफल जारी छ । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी काँग्रेस, सत्तारुढ नेकपा (एमाले) र माओवादी केन्द्रका नेताले सदनमा प्रतिनिधित्व गरेका राजनीतिक दलको केन्द्रीय कार्यभार संविधान कार्यान्वयन…