मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वी तराई मधेसमा जाडो बढ्यो, जनजीवन कष्टकर

पूर्वी तराई मधेसमा जाडो बढ्यो, जनजीवन कष्टकर


राजविराज । मौसम परिवर्तन भएसँगै तीन/चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ । 
 
शीतलहरले चिसो बढेपछि सप्तरी सदरमुकाम राजविराजको बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको राजविराज–४ का मुकेश यादवले बताए । 
 
अत्यधिक चिसोका कारण जिल्लाको एकमात्र सरकारी अस्पतालका रुपमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पनि बिरामी चिसोबाट प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ । खासगरी अस्पतालमा  बालबालिका, वृद्धवद्धामा लाग्ने  निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता रोगका बिरामी अस्पतालमा देखापर्न थालेको बताइएको छ । 
 
यस्तै, बालबालिकामा कोलडेरिया, निमोनिया, ज्वरो, घाँटी दुख्ने, घाँटीमा टन्सिल देखापर्नेजस्ता बिरामी अहिले अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा पनि दम, खोकी, निमोनियालगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् । 
 
यस्तै, चिसो छल्नका लागि राजविराजस्थित विभिन्न चौकचौकमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक बस ग्यारेजमा थन्क्याइएको छ भने कतिपय गाडीको समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताउँछन् ।
 
एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ । रासस 

शेयर गर्नुहोस:

0
Shares