मुगु । बिहीबार बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ । कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आगलागी भएको हो । आगो स्थानीय, प्रहरी र नेपाली सेनाको अथक प्रयासपछि नियन्त्रणमा आए पनि घरलगायत अन्य सम्पत्ति जलेर नष्ट भएको…