मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कुकुरलाई पकाएको खाना खान बाध्य छन् घरेलु श्रमिक

कुकुरलाई पकाएको खाना खान बाध्य छन् घरेलु श्रमिक


ललितपुर । घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गरेका थिए । 
 
घरबेटीलाई महँगो चामलको भात आफैँ पकाइदिएर उनी कुकुरलाई पकाएको खाना खाने गरेका हुन् । खाजामा एकसाताको बासी र गन्हाउने खाना खान उनी बाध्य भए । 
 
त्यस घरमा उनले घरबेटीले प्रयोग गर्न छाडेको पुराना भाँडामा भ¥याङमा बसेर खाने गर्थेे ।  घरबेटीकै व्यवहारका कारण उनले त्यो घरमा काम गर्न छाडे । अरू घरमा पनि घरबेटीको व्यवहार सम्मानजनक नभएको उनको गुनासो छ । 
 
बूढानीलकण्ठमा घरमा काम गर्दै आएकी अस्मिता खत्री पनि बिहान पाकेको बेलुका वा बेलुकाको खाना बिहान खान्छुभन्दा समेत नपाएको बताए । उनले भने, ‘कुकुरले खाने खानाभन्दा बरु हामीलाई बासी खाना दिए हुन्थ्यो ।’ पहिले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनी त्योभन्दा सहज हुने सम्झेर घरेलु श्रमिकका रुपमा काम थालेका हुन् । 
 
काम गर्ने घरमा बिरामी हुँदासमेत बिदा नपाएको उनको गुनासो छ । उनी भन्छन्, ‘उनीहरु बिमारी पर्दा हामीले स्याहार गर्नुपर्छ, तर हामी बिरामी भएकोभन्दा काम गर्न ठगेको भन्ने गर्छन् ।’ घरको काम गर्दा कामको समस्या नभए पनि घरबेटीको दुव्र्यवहारका कारण काममा टिक्न गाह्रो भएको उनी बताउँछन् ।
 
बढ्दो सहरीकरणसँगै अरूका घरमा ज्याला लिएर काम गर्ने घरेलु श्रमिकको सङ्ख्या बढे पनि यो पेसा मर्यादित बन्न सकेको छैन । अशिक्षित र ग्रामीण क्षेत्रबाट आएका यो पेसामा संलग्न छन् । अरू काम नपाएपछि घरको काम गर्ने धेरै छन् । कतिपयले भने मजदुरीभन्दा यो काम शारीरिक रुपमा सहज ठान्छन् । तर ज्याला अति कम र घरबेटीबाट पटक–पटक हुने दुव्र्यवहारका कारण घरेलु श्रमिकलाई टिक्न गाह्रो परेको छ । 
 
काभ्रेकै तीर्थमाया तामाङ दैनिक बासी र गन्हाउने खाना खान बाध्य छन् । बिहान ९ देखि साँझ ५ बजेसम्म काम गर्ने सहमति भए पनि घरबेटीले त्योभन्दा धेरै समय काम लगाउने गरेको उनले बताए । तोकिएभन्दा बढी काम गर्दा पनि दैनिक रुखो व्यवहारले गर्दा टिक्न नसकेको उनको गुनासो छ । उनी भन्छन्, ‘पढे–लेखेका मान्छे नै झनै नराम्रो व्यवहार गर्छन् ।’
 
दुई वर्षीया छोरी च्यापेर अरूका घरमा काम गर्दा नुवाकोटकी माया श्रेष्ठले एक महिनामा जम्मा दुई हजार कमाउँछन् । घरधनीले गर्ने व्यवहार नराम्रो भए पनि काम गर्नु आफ्नो बाध्यता भएको उनी बताउँछन् । घरेलु श्रमिकका रुपमा काम गर्दै आएका उनले पेसा सम्मानजनक नभएको र पारिश्रमिक कम भएको गुनासो गरे । उनी भन्छन्, ‘त्यही थोरै तलब माग्दा पनि झर्केर दिने गर्छन् ।’  
 
घरेलु श्रमिकका क्षेत्रमा कार्यरत सङ्घ–संस्थाले वर्षौंदेखि सम्मानजनक तलब र व्यवहारको माग गरे पनि लागू भएको छैन । अरू श्रमिकजस्तै उनीहरुले पनि आठ घन्टा काम, साप्ताहिक बिदा, न्यूनतम तलबको सुनिश्चितताको माग गरिरहेका छन् । 
 
श्रमिकका सङ्गठनले आठहजार तलब तोक्न भने पनि श्रमिक त्योभन्दा आधामा काम गर्छन् । घरेलु श्रमिक मञ्चकी सचिव गोमा भण्डारीले अधिकार मागेर नपाए खोसेर लिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामी कमजोर भएर होइन बलियो भएर लाग्नुपर्ने खाँचो छ ।’ रासस

शेयर गर्नुहोस:

0
Shares