मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहकार्य नगरी संशोधन प्रस्ताव दर्ता गर्दा समस्या : नेता पौडेल

गृहकार्य नगरी संशोधन प्रस्ताव दर्ता गर्दा समस्या : नेता पौडेल


भरतपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहकार्य नगरिकन संविधान संशोधन प्रस्ताव दर्ता भएकाले सबैको चित्त बुझाउन कठिन भएको बताएका छन् । 
 
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हडबडमा प्रस्ताव पेस भएकाले एमालेलगायतका दलको चित्त बुझाउन नसकिएको हो भने ।
 
नेता पौडेलले सामान्य छलफल भए पनि आफू जापान गएका बेला हतारमा प्रस्ताव पेस गर्दा समस्या उत्पन्न भएको बताए । सरोकारवाला र अन्य दलहरुसँग राय लिएर सहमतिमा प्रस्ताव दर्ता गर्नुपर्नेमा त्यसो नहुँदा अझै समस्या बाँकी रहेको उनले बताए । 
 
एमालेलाई विश्वासमा लिएरमात्रै जानुपर्ने आफ्नो सुरुदेखिको धारणामा कुनै परिवर्तन नभएको भन्दै उनले अब भने निकास दिनुपर्ने उल्लेख गरे ।आयोगले स्थानीय निकायको सीमाङ्कन गर्न नसकेकाले पुरानै संरचनामा निर्वाचन गर्ने विषयमा छलफल भइरहेको भन्दै उनले स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सीमाङ्कनमा समेत सहज हुने बताए । 
 
वैज्ञानिक रुपमा सीमाङ्कन हुनुपर्नेमा आयोगले त्यसो गर्न नसकेको उनको भनाइ थियो । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताका काम हुन नसकेको भन्दै उनले यथाशक्य चाँडो यथास्थितिमै भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिए । 
 
स्थानीय निकायको बजेट दुरुपयोग भएका भन्दै उनले जनप्रतिनिधि आएपछि बजेट सदुपयोग हुने बताए । अहिलेको उपलब्धिलाई संस्थागत गर्नुपर्ने भन्दै पौडेलले सबै दललाई संविधान कार्यान्वयनको पक्षमा भने एकमत हुन आग्रह गरे ।