चितवन, २० वैशाख– स्थानीय निर्वाचन बहिस्कार गर्ने बताउँदै आएको विप्लव माओवादी समूहका कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन दबाब दिँदै पूर्वी चितवनको राप्ती नगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार किरणभूषण ओलीको निवासमा कालोझण्डा गाडेका छन् । नेकपा जिल्ला समितिका नामबाट राप्ती नगरपालिकाका मेयरका उम्मेदवार ओलीको नाममा काटिएको पत्रमा उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको हो । पार्टीका इन्चार्ज/सेक्रेटरी लालबहादुर बिसीद्वारा हस्ताक्षरित उक्त पत्रमा…