मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुरमा च्यातिएको मतपत्रको सङ्ख्या यकिन गरिँदै

भरतपुरमा च्यातिएको मतपत्रको सङ्ख्या यकिन गरिँदै


चितवन । भरतपुर महानगरमा मेयरमा एमाले र माओवादी केन्द्रमध्ये कसले बाजी मार्ला भनेर व्यग्र प्रतीक्षामा रहँदा रहँदै गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना सुरु गरिएको छ । 
 
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका बारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुट्टै अनुमतिपत्रको व्यवस्था गरी प्रवेश गर्न दिइएको छ । च्यातिएका मतपत्रको तथ्याङ्क लिएर निर्वाचन आयोगमा पठाइने उनले जानकारी दिए । 
 
मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा ९एमाले०ले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजेदेखि ताला खोलेर च्यातिएका मतपत्रको अवस्था बुझ्ने र विवरण तयार गर्ने काम सुरु गरिएको छ । 
 
यसअघि निर्वाचन आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले घटनाका प्रत्यक्षदर्शी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएको थियो । 
 
सोको प्रतिवेदन टोलीले बुधबार बुझाएसँगै निर्वाचन आयोगले च्यातिएको मतपत्रको यकिन सङ्ख्या लिन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । 
 
एमालेले मतपत्र नेकपा माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले मतपत्र च्यात्न थालेपछि जोगाउने क्रममा च्यातिएको जनाएको छ । माओवादी केन्द्रका दुईजना प्रतिनिधिलाई पक्राउ गरी जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ । 
 
भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । अब वडा नं २० को मात्र मतगणना बाँकी रहेको छ । 
 
महानगरपालिकामा प्रमुख पदमा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ७३३ मतले अगाडि रहेका छन् । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको बताइएको छ । 

शेयर गर्नुहोस:

0
Shares