काठमाडौं– नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएक्ँ छन् । आज दिउँसो सँसद सचिवालय पुगी देउवाले प्रधानमन्त्रीमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ प्रस्तावक रहेका छन् । यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा संयुक्तका नेता जयदेव जोशी रहेका छन् ।
सभामुख ओनसरी घर्तीको आदेशबमोजिम संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।
मनोनयन अघिबसेको काँग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बैठकमा वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन, बाँकी निर्वाचनमा पार्टीलाई अग्रता दिलाउने जिम्मेवारीसहित सभापति देउवालाई प्रस्ताव गरेको मुख्य सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।
काँग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ १० गते राजीनामा दिएका थिए । एमालेले पनि प्रधानमन्त्रीमा उम्मेद्वारी दर्ता गराउने तयारीमा रहेको छ । रासस
प्रतिक्रिया