मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फोहोर व्यवस्थापनका लागि डस्टबीन वितरण

फोहोर व्यवस्थापनका लागि डस्टबीन वितरण


झुवानी, चितवन । झुवानी युवा क्लब, झुवानी सामुदायिक पुस्तकालय तथा झुवानी वातावरणीय सुरक्षा कार्यक्रमको साझेदारीमा डस्टबीन वितरण कार्यक्रम सम्पन्न भएको छ । 
 
झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामका अध्यक्ष रामचन्द्र महतोको संयोजकत्वमा रत्ननगर नगरपालिकास्थित झुवानीमा आयोजित कार्यक्रममा झुवानी गाविसका पूर्वअध्यक्ष फूलचनकुमार महतोले २० थान डस्टबीन वितरण गरेका थिए । 
 
कार्यक्रममा प्रमुख अतिथि समाजसेवी महतोले क्लबले वातावरण स्वच्छ पार्न र फोहोर व्यवस्थापन गरी सुन्दर नगरी निर्माण गर्न पहिलो खुटकिलाका रुपमा गरेको कामको सराहना गरे । 
 
कार्यक्रममा रत्ननगर–५ का नवनिर्वाचित अधयक्ष कृष्ण चौधरीले क्लबको नवीन कार्यको स्वागत गर्दै फोहोर व्यवस्थापनलाई आफूले चुनाको रुपमा लिँदै सुन्दर र स्वच्छ वडा निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताए । 
 
झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामका अध्यक्ष रामचन्द्र महतोले प्लाष्टिकमुक्त अभियानमा सहयोग पु¥याउन र प्लाष्टिकको पुनःप्रयोग गरी वातावरण संरक्षण गर्न ०७३ साल असारदेखि सुरु गरेको बताए । अहिले २० वटा डस्टबीन विभिन्न स्थानमा राखिएको र आगामी तिहारमा ३० वटा वितरण गरिने बताए । 
 
कार्यक्रममा रत्ननगर–५ का पूर्व वडाअध्यक्ष सोमलाल चौधरी, झुवानी युवा क्लबका पूर्वअध्यक्ष रेशमराज अधिकारी, गोपी लम्साल, झुवानी माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद रिजाललगायतले नगरबासी सबैले जिम्मेवारीपूर्वक फोहोर व्यवस्थापनमा लाग्नुपर्ने बताए ।